नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि गरेको छ।

निगमले शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा समान १/१ रूपैयाँ मूल्य वृद्धि गरेको हो।

योसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय २१ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक सय चार रुपैयाँ प्रतिलिटर कायम भएको छ।

निगमले शनिबार विज्ञप्ति जारी गरी आन्तरिकतर्फ हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर बढाएर ७६ रुपैयाँ कायम गरिएको जनाएको छ।

खाना पकाउने ग्यास र अन्तर्राष्ट्रिय हवाई उडानमा प्रयोग हुने इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here