सर्लाही:- नेकपा माओवादी केन्द्र जसपा नेतृत्वको प्रदेश २ सरकारमा सहभागी नहुने जनाएको छ। वार्ताका लागि कार्यदलका सदस्य समेत रहेका प्रदेश सभा सदस्य जगत यादवले पार्टी लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी नहुने जानकारी दिए।

मागेको जति मन्त्रालय नपाउने भएपछि प्रदेश नम्बर २ सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको हो। माओवादीले २ मन्त्रालय मागेकोमा जसपाले अन्तिम समयमा १ मन्त्रालय मात्रै दिन सकिने बताएपछि रुष्ट भएका माओवादी सरकारमा सहभागी नहुने जनाएको छ।

माओवादी केन्द्रका सांसद जगत यादवले सामाजिक सञ्जालमार्फत पार्टी सरकारमा सहभागी हुने जानकारी गराएका हुन्। जसपासँगको वार्ताका लागि कार्यदलका सदस्यसमेत रहेका उनले पार्टीले दुई मन्त्रालय मागेकोमा अहिले एउटा मात्रै दिने भनिएकाले त्यसमा आफूहरुको असहमति भएको बताए।

आजै कांग्रेस र जसपाबीच सरकारमा जान दुईबुँदे सहमति भए पनि माओवादीसँग भने त्यस्तो कुनै लिखित सहमति भएको छैन।

कांग्रेससँगै माओवादी केन्द्रलाई समेत सरकारमा सहभागी गराउने गरी सरकारले तयारी गरेको थियो। यद्यपि अब कांग्रेसबाट नियुक्त भएका तीन मन्त्रीलाई पद तथा गोपनियताको सपथ मधेश भवनमा गराउन लागिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here