पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने सडक खण्डमा यात्रुबाहक बस सडकबाट खस्दा ३१ जना घाइते भएका छन् ।

बस सडक २ सय मिटर तल खसेको प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले बताइन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बुटवलबाट नारायणगढ आउँदै गरेको ना५ख ७००० नम्बरको बस अनियन्त्रित भइ खसेको हो।

दुर्घटनामा घाइतेमध्ये अहिलेसम्म १३ जना पुरुष, १२ जना महिला र ६ जना बालबालिका गरी ३१ जनाको उद्धार गरिएको र उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको नवलपुर प्रहरीले जानकारी दिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here