सर्लाही:- सर्लाहीमा भतिजाले आफ्नै काकाको टेम्पोमा आगो लगाएर जलाइदिएका छन् । रकम लेनदेनको विषयलाई लिएर गोडैता नगरपालिका-७ बस्ने सन्तोष झाको टेम्पोमा उनकै भतिजा भगवान झाले आगो लगाएको प्रहरीले जनाएको छ।

सन्तोषले आफ्नै घर अगाडि पार्किङ गरी राखेको ना.२ ह. ४४९५ नम्बरको टेम्पोमा भगवानले बुधबार साँझ ६ः३० बजे आगो लगाएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए।

‘रकम लेनदेनको विषयलाई लिएर टेम्पो आगो लगाउनेलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here