सर्लाही:- सिरहामा अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन गरेको भन्दै प्रहरीले ५ टिपर लाई नियन्त्रणमा लिएको छ। जिल्ला को गोलबजार नगरपालिका वडा नम्बर ९ बाट पाँच टिपर नियन्त्रणमा लिई कारवाहीका लागि नगरपालिकामा बुझाएको छ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिएका छन्। चुरे क्षेत्रमा अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन  गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले उत्खननमा प्रयोग भएका टिपर नियन्त्रणमा लिएको हो।

उक्त नगरपालिका र धनगढीमाई नगरपालिकाअन्तर्गतको चुरे क्षेत्रमा अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन भइरहेको जनगुनासोपश्चात प्रहरीले सक्रियता बढाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here