सर्लाही:- गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान क्युस्युको (२०२१-२०२३)कार्यकालको उप-संयोजकमा सर्लाही मिलनचौक निवासी बिबेक बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् ।

गएको जुन ५ तारीख़ शनिबार सम्पन्न भएको अधिवेशनबाट संयोजकमा अर्जुन थापा र उपसंयोजकमा बिबेक बुढाथोकी सहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा भएको थियो । उपसंयोजकमा निर्वाचित बुढाथोकी यसअघि सह-सचिवको जिम्मेवारीमा थिए ।
सर्लाहीको बागमती नगरपालिका थिङटोलमा बाबु तेज बिक्रम बुढाथोकी र आमा बिना बुढाथोकीका कान्छो सन्तान हुन।सन् २०१४मा नेपालबाट जापान प्रवेश गरेका उनि हाल जापानको फुकुओका शहरमा बस्दै आएका छन । विद्यालय जीवनदेखि नै सामाजिक काममा रुची राख्ने र मिजासिला स्वभावका थिए।हाल वाजिरो नेप्लिज सर्भिस सोसाइटी जापानको अध्यक्ष समेत हुनुहुन्छ।

यस्तै अधिवेशनबाट एनआरएनए क्युस्युको संयोजकमा अर्जुन थापा सहित भीमबहादुर गुरुङ, विवेक बुढाथोकी, महिला उपसंयोजकमा कमला पाण्डे, सचिवमा कृष्णहरि पाठक, सहसचिवमा सुनील श्रेष्ठ, भीमबहादुर बुढाथोकी, कोषाध्यक्षमा केशवकुमार लामिछाने र सहकोषाध्यक्षमा रिपुहरि सापकोटा चयन भएको (एनआरएनए) ले जानकारी दिएको छ।

यस्तै सदस्यहरुमा अमृत भट्ट, प्रदीपकुमार राई, सुवासबहादुर बोहोरा, दिपकबहादुर शाही, महिला सदस्य कृष्णा बस्नेत र विद्यार्थी सदस्य सज्जन सुवेदी पनि निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ । नवनिर्वाचित एनआरएनए क्युस्युको कार्यसमितिको कार्यकाल २०२३ सम्म रहने छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here