काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि मन्त्रिपरिषद विस्तार गरेका छन्। उनले आज बिहीबार ७ मन्त्री र एक राज्यमन्त्री थपेका हुन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई नियुक्त गरेकी छिन्। नवनियुक्त मन्त्रीहरूमा खगराज अधिकारी (गृह),राजकिशोर यादव (उद्योग), नैनकला थापा (संचार), ज्वाला कुमारी साह (कृषि), नारदमुनि राना (वन), गणेशकुमार पहाडी (संघीय मामिला तथा सामान्य प्रशासन), मोहन बानियाँ (प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय) रहेका छन् भने आशाकुमारी विक वन राज्य मन्त्री नियुक्त भएकी छन्।

उनीहरुको आजै अपरान्ह ४ बजे शीतलनिवासमा शपथग्रहणको तयारी गरिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here