सर्लाही : जिल्लामा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ। आज थप ४ जनाको मृत्यु भएसँगै सर्लाहीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ।

आज जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा जनाइएअनुसार आज जिल्लामा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आजसम्म ३ हजार ६ सय ३६ जनाको स्वाब परीक्षण गरिएको सूचनामा उल्लेख छ। आजसम्म जिल्लामा २ हजार ६५ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ। जसमध्ये ९ सय ११ जना संक्रमणमुक्त भइसकेका छन्।

जिल्लामा हाल १ हजार ६९ जना सक्रिय संक्रमित रहेका उल्लेख छ।

जिल्लामा संक्रमित भएकामध्ये ४१ देखि ५० वर्ष उमेरसमूहका सबैभन्दा बढी(२२) संक्रमितको मृत्यु भएको छ। त्यस्तै ५१ देखि ६० वर्ष उमेर समूहका पनि २० जनाको निधन भएको छ।

 

 

 

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here