परराष्ट्रमन्त्री तथा नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले माओवादी केन्द्र नभए पनि देश चल्ने टिप्पणी गरेका छन्।

माओवादी केन्द्रले बहिष्कार गरेको सर्वदलीय बैठक सकिएपछि बाहिरिने क्रममा उनले भने, ‘माओवादीलाई खबर गरेको नगरेको भन्ने बेकारको कुरा हो। उहाँहरू किन आउनु भएन त्यो थाहा भएन, उहाँहरू नहुँदा पनि देश चाहिँ चल्छ।’

बाहिरबाहिर कार्यक्रममा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर छलफल गर्न चाहेको भन्दै हिँड्ने प्रचण्डजीले बताएको चर्चा सुनेको तर्क गरे।

ओलीले वर्तमान सरकार राष्ट्रियतासँग दृढ गरेको समेत बताए। ‘पछिल्लो समय राजनीति स्थायित्वको हुनुपर्छ। त्यस्तो कार्यलाई निरुत्साहित गर्नुपर्छ’ प्रधानमन्त्री ओलीको भनाइ थियो।

कर्णालीको विषयलाई क्षम्य नहुनेसमेत बताए। बैठकमा कोरोना रोकथाम तथा न्यूनीकरण, उपनिर्वाचन र राष्ट्रिय राजनीतिको विषयमा कुराकानी भएको बताए।

‘संवैधानिक व्यवस्थाअनुसार उपनिर्वाचन गर्नका सबै दलहरूले सहमति दिएको छन्। तर, कांग्रेसले भदौको महाधिवेशन प्रभावित नहुने गरेर उपनिर्वाचन गर्न आग्रह गरेको छ’ उनले भने।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here