सर्लाही:- भारतमा सवारी दुर्घटनामा परेकी कलाकार तथा मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा निशुल्क उपचार भइरहेको छ । नवजीवन परोपकार समाजको प्रयासमा कलाकार तथा मोडल निशा घिमिरेको नर्भिक इन्टरनेशनले अस्पतालमा उपचार भइरहेको छ।

कलाकार निशालाई पहिले गरिएको उपचारले निको भएको थिएन । निशाको पारिवारिक अवस्था कमजोर भएकाले उनी उपचार नपाएर घरमै पिडा खेपेर बस्नु परेको थियो। उक्त खबर निशाको पारिवारिक श्रोतले नवजीवनका संस्थापक अध्यक्ष दुर्गानाथ दाहाललाई गराएको थियो ।

त्यसपछि दुर्थानाथले निशाको उपचार गर्ने पहल अगाडि बढाउँदै निशाको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए। त्यसपछि दुर्गानाथले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर नर्भिक अस्पतालकी निर्देशक तथा नवजीवन परोपकार समाजकी प्रमुख संरक्षक मेघा चौधरीले देखिन। दुर्गानाथको सम्पर्कमा आइन। नर्भिक अस्पतालमा निशुल्क उपचार गरिदिने बताए सगै बेड तयार पारेकी थिइन।

यस्तै निर्देशक चौधरी र नर्भिक अस्पतालले उपचारबाट बञ्चित भएकाहरुलाई निशुल्क उपचार सेवा दिदै आएको छ।

नर्भिक अस्पतालकी मेघा चौधरीको र नवजीवन परोपकार समाजका सस्थापक अध्यक्ष दुर्गानाथ दाहालको अथक प्रयासमा उनको उपचार आजदेखि सुरु भएको दुर्गानाथले जानकारी दिए।दुर्गानाथले कलाकार तथा मोडल निशा घिमिरेको उपचार गर्न आज नर्भिक इन्टरनेशनल अस्पताल लगिएको बताए । नवजीवनले निशाको अवस्था थाहा पाएको दुई दिनमा अस्पताल लगिएको दुर्गानाथको भनाइ छ। उनको थप उपचारको लागि नवजीवन परोपकार समाजका आजीवन सदस्यहरुबाट केहि रुपैयाँ पनि संकलन भएको छ।

नर्भिक अस्पताल निर्देशक चौधरीले बिभिन्न उपचार नपाएर छटपटाइरहेका कयौं बिरामीहरुलाई उपचार गरेर निको बनाएका छन् । निशाको निशुल्क उपचार गरिने नर्भिक इन्टरनेशनल अस्पतालकी निर्देशक तथा नवजीवनकी प्रमुख संरक्षक मेघा चौधरीले बताएकी छिन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here