सर्लाही:- कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ। जिल्लाको वेदकोट नगरपालिका-५ मा स्थानीय युवती माथि दुईजना युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो।

बलात्कार गरेको आरोप लागेका वेदकोट नगरपालिका-६ का अन्दाजी २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए। अर्का आरोपी सोही ठाउँका अन्दाजी २३ वर्षका युवक फरार रहेकाले उनको खोजीकार्य भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए।

बिहीबार स्थानीय नर्सरी जंगलमा उनीहरुसँगै घुम्न गएका बेला किशोरीमाथि दुवैजनाले जबरजस्ती करणी गरेको आरोप पीडित युवतीले लगाएकी छन्। राति करिब ९ बजेतिर सामूहिक बलात्कार गरेको खबर आएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आरोपीमध्येका विकलाई शुक्रबार बिहान पक्राउ गरेको हो।

युवतीको राति नै स्वास्थ्य परीक्षण गरिएको छ भने रिपोर्ट आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए। जंगलमा दुवै जनाले मदिरा सेवन गराएर आफूमाथि बलात्कार गरेको युवतीले बताएकी छन्। फरार युवकको खोजी कार्यसँगै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here