सोलुखुम्बुबाट पोखरा तर्फ जाँदै गरेको ग १ क ५१७३ नम्बरको ट्रकमा राखिएको क्रेनले ३३ केभी प्रशारण लाइनमा छुँदा करेन्ट लागि  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवालले जानकारी दिए।

मृत्यु हुनेमा ट्रक चालक बडी गंगा गाउँपालिका–५ बाग्लुङ स्थायी ठेगाना भएका वर्ष २६ का भूमिराज मरासिनी र क्रेन चालक स्याङ्जाका अन्दाजी वर्ष २४ का रामबहादुर परियारको घटनास्थलमै मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

आज बिहान ८ः४० बजेको समयमा सोलु खोलामा निर्माणाधिन ८६ मेगावाट हाइड्रोपावरको क्रेन मर्मतका लागि पोखरा लैजादै गर्दा सडकमाथि रहेको प्रशारण लाइनमा छुँदा घटना भएको प्रनाउ कटवालले घटनास्थलबाट जानकारी दिए।

यस्तै सहचालक मालिका गाउँपालिका गुल्मिका १८ वर्षीय वसन्त पौडेल र स्याङ्जाका अन्दाजी २४ वर्षीय लिला परियार सामान्य घाइते भएको बताइएको छ। उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल फाप्लु पठाइ अबरुद्ध सडक खुलाउने काम भइरहेको ट्राफिक प्रहरी नारायण बहादुर बस्नेतले जानकारी दिए।
सिद्धिचरण लोकमार्गमा पर्ने उक्त सडक क्षेत्रमा नेपाल विद्युत  प्राधिकरणको ३३ केभी प्रशारण लाइन रहेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here