सर्लाही:- धनुषामा पोखरीमा डुबेर एकैपटक पाँचजना बालिकाको मृत्यु भएको छ।

धनुषाको मुखियारपट्टि मुसहरनिया ६ लक्ष्मणपुरका पाँच बालिकाको शुक्रबार दिउँसो पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

दिउँसो १२ बजेको समयमा घर नजिकैको पाेखरीमा नुहाउन गएका बालिकाहरुकाे डुबेर मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चाँदनी र उतिम साह तेलीकी १२ वर्षीया छाेरी ललितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here