सर्लाही:- नेपाल र साउदी अरबबीच रोकिएको उडान जुन १४ देखि सुचारु हुने भएको छ। सरकारले कोरोना महामारीका कारण बैशाख २० देखि साउदीलगायत अन्तर्राष्ट्रिय उडान स्थगित गरेको थियो। सरकारको यो निर्णयबाट साउदीमा रहेका नेपालीहरु पीडित बनेका थिए।

साउदीका लागि निवर्तमान नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले १४ जुनमा दुई वटा बिमान उड्ने जानकारी दिए। उनका अनुसार हिमालयन एयरलाइन्सले दमाम र नेपाल एयरलाइन्सले रियादमा सेवा दिने भएका छन्।

अहिले साउदीमा रहेका एयरलाइन्सका प्रतिनिधिले यात्रीलाई टिकट बुक गर्न अनुरोध गरिरहेका छन् । ‘मलाई आज यहाँ रहेका दुबै एयरलाइन्सका कन्ट्री डाइरेक्टरले १४ जुनमा उडान तय भएको जानकारी गराएका थिए। सोही उडानमा मलाई पनि फर्किन उहाँहरुले प्रस्ताव गर्नुभएको थियो। तर, म आजै राती दोहा हुँदै काठमाडौँ आउन लागेको छु भनेर जानकारी दिए।’

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here