सर्लाही:- गुल्मीमा आफैंले काम गर्ने ट्रकले किचेर सह-चालक युवकको ज्यान गएको छ।

जिल्लाको मदाने गाउँपालिका-२ बाँझकटेरी पञ्चनपोखरास्थित ना. २ ख. ५७६५ नम्वरको ट्रकले किचेर अन्दाजी २० वर्षीय गगन घर्तीको  शनिबार बिहान घटनास्थल मै मृत्यु भएको हो।

ईलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रमुख प्रहरी निरीक्षक गोपाल रायमाझीका अनुसार ट्रकको पछाडि ओत लगाउने क्रममा ट्रक पछाडितिर चल्दा पाङ्ग्राले किचेर घर्तीको मृत्यु भएको हो।

मृतक घर्ती प्युठानका स्थायी बासिन्दा भएको प्रहरी निरीक्षक रायमाझीले बताए। ट्रक चालक प्युठानको माण्डवी गाउँपालिका-५ चकचकेका ३३ वर्षीय सुर्यबहादुर केशी अहिले प्रहरीको नियन्त्रणमा रहेको छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here