सर्लाही:- महोत्तरीमा घरको देउताको विषयमा विवाद हुँदा दाईका सम्पूर्ण परिवार मिलेर कुटपिट गरी कान्छो भाइको हत्या गरेका छन्।

जिल्लाको लोहारपट्टी गाउँपालिका वडा नम्बर ७ भमरपुराका ५० वर्षिय रामचन्द्र शाहसहित उनको परिवारले कुटपिट गरि कान्छो भाई वर्षीय ४५ का लक्ष्मणको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यका अनुसार घरको देउताको विषयमा विवाद हुँदा गत जेठ २६ गते रामचन्द्रसहित उनका परिवारले मिलेर कान्छो भाइ लक्ष्मणमाथि कुटपिट गरी गम्भीर घाइते बनाएका थिए।

घाइतेलाई स्थानीय स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको भएपनी उपचारको क्रममा उनको मृत्यु भएको हो। लक्ष्मणको शव काठमाडौंमै पोस्टमार्टम गरि हिजो (शुक्रबार) अन्त्येष्टिको लागि घरमा ल्याइएको छ।

उनको मृत्युुको खबर पाउनासाथ दाई रामचन्द्रसहित उनका परिवार फरार छन। उनीहरुको खोजतलास भईरहेको प्रहरीले जनाएको छ। स्थानीयहरुले दोषी दाईसहित उनका परिवारमाथि कडा कारबाहीको माग गरेका छन्। यता प्रहरीले घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक आचार्यले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here