सर्लाही:- सप्तरीमा अवैध घरेलु हतियारसहित एक भारतीय पक्राउ परेका छन्।

बिओपी स्वर्णपट्टीबाट सहायक प्रहरी नायब निरीक्षक चन्द्रबहादुर यसमाली नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले मण्डललाई नेपाल प्रवेश गर्न लागेका अवस्थामा बरसाइन-९ स्वर्णपट्टीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्।

पक्राउ पर्नेमा विहार राज्यको मधुबनी जिल्लाको बोगटियाका २४ वर्षीय जितेन्द्र मण्डल रहेको डिएसपी काफ्लेले बताए । मण्डललाई घरेलु हतियारसहित आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याइएको प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here