सर्लाही:- जनज्योति माध्यमिक विद्यालय र जनज्योति बहुमुखी क्याम्पसका पूर्व प्रधानाध्यापक रेणुकान्त ढुंगानाको कोभिडको कारण शुक्रवार साझँ निधन भएको छ। लालबन्दी-७ निबासी ढुंगानाको ८१ वर्षको उमेरमा बिराटनगरको न्यूरो अस्पतालमा निधन भएको हो।

एक साता अघि सामान्य ज्वरो आए पछि एन्टिजेन बिधिबाट गरिएको परिक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको थियो। मुटु रोगका बिरामीसमेत रहका ढुंगानालाई उपचारको लागि जानकी मेडिकल कलेजमा लगिएको थियो त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि बिराटनगरको न्यूरो अस्पतालमा लगिएको थियो।

ढुंगानाले जनज्योति माध्यमिक विद्यालय लालबन्दीमा २०३७ साल देखि २०५९ साल सम्म २२ वर्ष प्रधानाध्यापक भई सेवा गरेका थिए। जनज्योति बहुमुखी क्याम्पस लालबन्दीका पूर्व अध्यक्ष,रेडक्रस, ब्रम्हकुमारी राजयोगका साथै विभिन्न साहित्यक संघसस्थामा आवद्ध थिए।

मृतक ढुंगानाको पार्थिव शरीर स्वास्थ्य मापदण्ड अपनाई आजै बागमती नदी किनारमा दाहसंस्कार गरिने जनज्योति बहुमुखी क्याम्पसका उपाध्यक्ष माधव प्रसाद खरेलले जानकारी दिए।

उनको असाहिक निधनले समाजमा अपुरणिय क्षति पुगेको भन्दै आफन्त र शुभचिन्तकहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत शोक तथा श्रद्धाञ्जली ब्यक्त गरेका छ्न।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here