सर्लाही:- धनुषामा पोखरीमा डुबेर मृत्यु भएका बालिकाहरूको परिवारलाई प्रदेश-२ सरकारले १/१ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।

प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले मृतक परिवारलाई राहत रकम उपलब्ध गराउने घोषणा गरेका हुन्।

हिजो दिउँसो १२ बजेको समयमा घर नजिकैको माछा पाेखरीमा नुहाउन गएका पाँच बालिकाहरुकाे डुबेर मृत्यु भएको थियो।

मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चाँदनी र उतिम साह तेलीकी १२ वर्षीया छाेरी ललितको मृत्यु भएको थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here