सर्लाही:- सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले स्रोत नखुलेको करिब ८ लाख रुपैयाँ बरामद गरेको छ । प्रहरीका अनुसार महोत्तरी जिल्लाको सम्सी गाउँपालिका-५ पोखरभिण्डामा रहेको नेपाल भारत सीमा क्षेत्रबाट सात लाख ८९ हजार पाँच सय ५० रुपैयाँ बरामद गरिएको हो।

शनिबार गोराहारीमा बीओपीबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको व्यक्तिलाई जाँच गर्ने क्रममा एक जनाले आफूले बोकेको झोला फालेर हिँडेका थिए।

झोलामा हेर्दा उक्त रकम भेटाएको सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले बताए। अहिले प्रहरीले यो विषयमा थप अनुसन्धान गरिरहेको उहाँको भनाइ छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here