पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ (ढल्केभन्दा पूर्व) मा बस र टिपर एकापसमा ठोक्किँदा १७ जना घाइते भएका छन्।

हिजो शनिबार ३ बजेतिर दुर्घटना भएको प्रमुख सहायक जिल्ला अधिकारी दीपक कुमार कर्णले सर्लाही एक्सेप्रेसलाई जानकारी दिए।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क ०६९० नम्बरको टिपर र विपरीत दिशातर्फबाट आउँदै गरेको को१ख ६६९१ नम्बरको बस आपसमा ठोक्किँएका थिए धनुषा प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

बसका चालक काठमाडौं महानगरपालिका बस्ने अन्दाजी ४२ वर्षीय केशव संग्रौला घाइते भएका छन्। उनको दुवै खुट्टा र हातमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए।

दुर्घटनामा सर्लाही जिल्लाका मात्रै आधा दर्जन जति घाइते भएका छन्।

सर्लाहीको बागमती नगरपालिका–८ की १३ वर्षीया पर्वता ठकुरी, हरिपुर नगरपालिका–१ बस्ने ४८ वर्षीया यम कुमारी खड्का, हरिवन नगरपालिका–२ बस्ने रञ्जु महराका ५ वर्षीय छोरा सुजित, ७ वर्षीय छोरा अभिषेक र बागमती –४ का ४० वर्षीया राम प्यारीदेवी महतो घाइते भएका प्रहरीले जनाएको छ। त्यस्तै सर्लाहीकै ईश्वरपुर नगरपालिका–५ बस्ने सती देवी महतोकी ९ वर्षीया छोरी सोनुकुमारी पनि घाइते भएका छन्।

दुर्घटनामा पर्सा रानीघाट–८ बस्ने ४० वर्षीय नन्दु बैठा, मोरङ विराटनगर महानगरपालिका–४ बस्ने ४५ वर्षीय बद्री भुजेल, सप्तरी हरिपुर चितामन–७ बस्ने ३० वर्षीया आशा देवी चौधरी पनि घाइते भएका धनुषा प्रहरीले जानकारी दिएको छ। त्यस्तै सप्तरीकै कञ्चनपुर–७ बस्ने ४० वर्षीय महिनारायण पण्डित पनि घाइते भएका छन्।

यसैगरी पर्सा वीरगंज महानगरपालिका–१४ बस्ने ३७ वर्षीया अस्मिता पटेल, सोही ठाउँ बस्ने १४ वर्षीया सम्झना पटेल, १० वर्षीय आयुष पटेल, ९ वर्षीय अंश पटेल र १४ वर्षीय रितेश पटेल तथा सिरहा गोलबजार नगरपालिका बस्ने १२ वर्षीया रुपा शाही ठकुरी पनि दुर्घटनामा घाइते भएका धनुषा प्रहरीले जनाएको छ।

घाइतेहरुको मोडेल अस्पताल लालगढमा उपचार भइरहेको छ भने टिपर​ चालक फरार रहेकाले उनको खोजतलास जारी रहेको प्रहरी नायब उपरीक्षक मिश्रले जनाए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here