सर्लाही:- उदयपुरको ताप्ली गाउँपालिका-४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

दुर्घटनामा अन्य तीन गम्भीर घाइते भएका छन। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार साँझ ८ बजे सिरहाको लहानबाट छुटेको बा.१८ च.१५६७ नम्बरको जिपमा सवार चारमध्ये एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुने सिन्धुलीको दुधौली नगरपालिका-१० का ६० वर्षीय इन्द्रबहादुर विक रहेको प्रहरीले जनाएको छ।

अन्य घाइतेमा कटारी नगरपालिका-१० का चालक ३५ वर्षीय डाकनारायण श्रेष्ठ, ताप्ली-४४ का ३० वर्षीय झगरबहादुर सार्की र ताप्ली-४ कै २६ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ।

शनिबार बेलुकी ८ बजेतिर ताप्लीको पोखरीडाँडाको भित्री कच्ची सडकमा नियन्त्रण गुमाएर जीप सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भीमप्रसाद दाहालले बताए।

घटनालगत्तै इलाका प्रहरी कार्यलय कटारी र ताप्ली प्रहरी चौकीबाट उद्धारका लागि पुगेका प्रहरीले घाइते तीन जनालाई कटारी अस्पतालमा लगेर उपचार गराउन सुरू गरिएको प्रहरीले बताएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here