सर्लाही:- पाँचथर  फिदिम नगरपालिका-४जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। गए राति स्थानीयबासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी हत्या भएको हो।

 

लिम्बूको शरीर र टाउकोमा गहिरो चोटपटक देखिएको प्रहरीले जनाएको छ। घरमा इङ्वाका वृद्ध दम्पत्ति मात्रै बस्दै आएको र श्रीमती शारीरिकरूपमा अशक्त छन्। सासुससुरा भेट्न मृतककी बुहारी आज बिहान त्यहाँ आएपछि घटना सार्वजनिक भएको हो। अहिले प्रहरीले हत्या भएको घरलाई सिल गरेर अनुसन्धान गरिरहेको छ।

मृतक वृद्ध सेवा निवृत्त भारतीय सैनिक हुन्। गत बिहीवारमात्रै उनले निवृत्तिभरणको रकम बैंकबाट बुझेको हुनाले लुटपाटका लागि हत्या भएको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन्। प्रहरीले अनुसन्धान गरिरहेकाले घटनाबारे थप विवरण सार्वजनिक भएको छैन।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here