सर्लाही:- क्यान्सर रोगबाट पिडित महिला नेतृ माया बललाई नेकपा माओबादी केन्द्रले ५०हजार आर्थिक सहयोग गरेको छ।

केहि महिना देखि रोग ले गाल्दै गए पछि उपचार को अभाव मा आफ्नो घर हरिवन १० मै रहनु भएकि नेकपा माओवादी केन्द्र सर्लाहि कि जिल्ला कमिटि सदस्य माया बल लाई पार्टि ले उपचार खर्च बापत ५०हजार सहयोग गरेको केन्द्र का जिल्ला सचिब कमल बुढाथोकि ले बताए।
पार्टीका प्रबक्ता नारायण काजि श्रेष्ठ केन्द्रिय कार्यालय सदस्य प्रल्हाद बुढाथोकि लगायत का नेता हरु नेतृ बल कै घर मा पुगेर नगद ५०हजार आर्थिक सहयोग गरेको हो।रकम हस्तान्तरण गर्दै प्रबक्ता श्रेष्ठ ले नेतृ बल को स्वास्थ्य अबस्था प्रति निकै नै चिन्ता रहेको बताउदै पार्टि बाट हुने सहयोग को लागि कुनै कमि नहुने बताउदै शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।

चिन्ता नलिनुस तपाई को उपचार हामी गर्छौ छिट्टै ठिक हुनुहोस नेतृको पार्टीको लागि अझै धेरै आवस्यकता छ आफ्नो जिबन देखि हरेश नखान आग्रह गरेका छ्न।

पार्टी र सर्बहारा बर्ग साथै महिला को अधिकार लगायत को क्षेत्रमा आफ्नो ज्यान लाई तिन दशक भन्दा लामो समय देखि खर्चदै आउनु भएकि नेतृ बल आर्थिक अभाव को कारण केहि महिना देखि उपचार गर्न नसक्दा घर मै कष्टकर जिबन बिताउन बाध्य रहनु भएको थियो।

महिना उपचारमा मात्रै ५० हजार खर्च लाग्ने गरेको र आफ्नो जायजेथाले भ्याउन जेल त खर्च गरे कसैलाई भनिन तर अहिले केहि महिना देखि खर्चको अभावमै घरमा बसेको थिए। आज पार्टीले ढिलै भएपनि सम्झिएको छ मनमा खुसिको आँसु झार्दै भनिन नेतृ बलले भनीन।

अब फेरि आफुलाइ महिला नेतृ बलको लागि पार्टीले गरेको सहयोगले अन्य पार्टी  पंक्तिका नेता कार्यकर्तामा पनि मनोबल बढेको छ पार्टीले केहि गर्दैन भन्ने सोच र चिन्तनले कार्यकर्तामा गाजिएको भ्रमलाई चिरेको छ हामी पनि खुशी छौ भन्छन वाईसिएलका प्रदेश कमिटि संयोजक मोहन श्रेष्ठ सन्देश।

त्यस्तै ढिलै भए पनि आफ्नो पार्टीका नेता कार्यकर्ताको बारेमा सोचेर सहयोग गरेको प्रति खुसि लागेको र यो सहयोगले अन्य साथि भाई को लागि पनि सहयोग गर्नुपर्छ भने नजिर र बाटो खुलेको बताउनुहुन्छ अखिल नेपाल महिला संघ क्रान्तिकारी कि अध्यक्ष बिनिता दाहाल।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here