सर्लाही:– कोरोना भाईरसका कारण सरकारले गरेको लकडाउनले ठुला पर्दाका फिल्महरु मात्र नभएर टेलिभिजनमा प्रशारण हुने टेलिचलचित्र पनि उत्तिकै मारमा परेका छ्न।

हाल दर्शकमा लोकप्रिय रहेको सक्गिोनि,हर्के हवल्दार, हाम्री झ्याउँकिरी,गोलमाल लगायतका सिरियल स्थगित भइसकेका छन्। अहिले नियमित प्रसारण भैरहेकोमा मेरी बास्सै, हल्का रमाइलो र जुठे छन्। यी सिरियलहरुको पनि स्टक सकिएकाले अब के गर्ने भन्ने पिरलो छ।

कोरोनाका कारण सरकारले फिल्मका साथै सिरियलहरुलाई छायांकनमा रोक लगाएको छ। अब छायांकनलाई स्वीकृति नदिएसम्म यी सिरियलहरु प्रसारणमा आउने छैनन्। सक्किगोनी निर्देशक कुमार कट्टेल ‘जिग्री’ले निषेधाज्ञा खुल्ला भएपछि पुनः छायांकन गरेर नयाँ एपिसोड ल्याउने तयारीमा छन्। यसै गरी सिरियल बन्द गरेर हर्के हवल्दारका निर्देशक बिष्णु सापकोटा अहिले हेटौंडास्थित घरमा पुगेका छन् । निषेधाज्ञा खुलेपछि छायांकन सुरु गरिने उनको पनि यही भनाइ छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here