सर्लाही : जिल्ला प्रशासन कार्यालय सर्लाहीको संयोजकत्वमा जिल्लाको बरहथवा र कविलासी नगरपालिकामा संयुक्त बजार अनुगमन गरिएको छ। जहाँ मापदण्ड नपुर्‍याई पसल सञ्चालन गर्ने ७ वटा पसललाई जरिवाना गरिएको छ।

पसलमा सरसफाइको कमी, बिल बिजक जारी नगरेको र अनुगमन टोलीलाई अनुगमन तथा निरीक्षण क्रममा सहयोग नगर्ने पसललाई जरिवाना गरिएको जिल्ला प्रशासन सर्लाहीले जनाएको छ।

बरहथवा बजारका २ वटा जेनरल स्टोर तथा गैर बजारका ३ वटा किराना पसलहरुलाई जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ।

टोलीले शनिबार बरहथवा-५ मा संचालित मनिष जेनरल स्टोरलाई २५ हजार रुपैयाँ र बरहथवा-७ मा संचालित पायल प्रिन्स जेनरल स्टोरलाई ५ हजार रुपैयाँ जरिवाना तिराई पसल संचालकलाई गल्ती सुधार गर्न सुझाव दिएको थियो।

यस्तै आइतबार गैर बजारमा पनि जेनरल किराना पसललाई ५ हजार, प्रेम किराना पसललाई १ हजार र राजीव किराना एण्ड जेनरल स्टोरलाई ९ हजार रुपैयाँ जरिवाना तिराई पसल संचालकहरुलाई गल्ती सुधार गर्न निर्देशन दिइएको र पहिलोपटकका लागि सम्झाएर छाडिएको कार्यालयले बताएको छ।

उपभोक्ता हकहित विरुद्ध कुनै पनि व्यवसायीले व्यापार व्यवसाय गरेमा वा प्रचलित कानुनविपरीत गरेको पाइए त्यस्ता व्यवसायीलाई कडा कारबाही हुने प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए।

 

 

 

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here