सर्लाही:- सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर-५ का औषधी व्यवसायीमाथि गोली चलाएको आरोपमा प्रहरीले आफ्नै दाजु र भतिजो सहित तीन जनालाई पक्राउ गरेका छ।

मिर्चैया-६ मा सिद्दि मेडिकल हल चलाएर बसेका ४० वर्षिय रामसागर साफीलाई पसलमै गत २२ गते गोली प्रहार गरेको आरोपमा प्रहरीले उनकै दाजु मिर्चैया ६ का ४२ वर्षिय सूर्यदेव साफी, भतिजो २३ वर्षिय रोहित साफी र गोलबजार नपा ११ बलकावाका ४५ वर्षिय मो. मुस्तकिम फकिरलाई प्रहरीले पक्राउ गरेका हुन् ।

सम्पतीको विवादका कारण आफ्नै दाई सूर्यदेवले भाडाका आपराधीक समूहको प्रयोग गरी ज्यान मार्ने उदेश्यले गोली चलाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी हिरा बहादुर पाण्डेले जानकारी दिए।

प्रहरीले आपसी विवाद तथा आर्थिक किचलोका कारण घटना भएको बताइएको छ। प्रहरीले घटनाको हप्ता दिन भित्रै उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरी सार्वजनिक गरेको हो। उनीहरुमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिने जानकारी दिए।

फरार रहेका अन्य व्यक्तिहरुलाई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट तीब्र रूपमा खोजतलास गर्ने कार्य बताइएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here