सर्लाही:- महोत्तरीको कठुधार अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामविश्वास शाहले घुस लिईरहेको समयमा पत्रकारहरुको नजरमा परेका छन।

सोमबार सम्सीबाट बर्दिवासतर्फ जादै गरेको आराध्या ब्रदर्श बर्दिवासको मार्बल बोकेको भारतीय नम्बरप्लेटको ट्रकले ओभरलोड र चेकचाज क्रममा साहले खाजा वापत पच्चास रुपैया लिदै गरेको अवस्थामा पत्रकारहरुले भिडियो तथा तस्विर कैद गरेपछि केहि घम्साघम्सी भएको थियो।

प्रहरी जवान साहलाई लिएको रकमको बारेमा सोधपुछ गर्दा पत्रकारलाई धक्का दिई पैसा फालेर प्रहरी चौकी भित्र पसेका थिए।

पैसा दिने मोटरसाईकल एक ब्यापारीले आफुले भन्सार कटाएर ल्याए पनि खाजा वापत खर्च दिनु भन्दा आफुले पच्चास रुपैया दिएको बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here