सर्लाही : हेफर इन्टरनेसनल नेपालले कोरोना नियन्त्रणमा सघाउ पुर्‍याउने हिसाबले लालबन्दी नगरपालिकालाई स्वास्थ्य सामग्री खरिदका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ।

हेफर इन्टरनेसनलद्वारा संचालित लालबन्दी नगरपालिका-१६ परवानीपुरमा रहेको न्यु उदय सामाजिक उद्यमी महिला कृषि सहकारी सस्था लिमिटेडले कोभिड-१९ को महामारीका बेला आपतकालीन समयलाई मध्यनजर गर्दै लालबन्दीकी उपमेयर शान्ति कुमारी लामालाई स्वास्थ सामग्री खरिदका लागि संस्थाकी अध्यक्ष भक्तमाया सुनुवारले पाँच लाख रुपैयाँकी चेक प्रदान गरेकी हुन्।

सो कार्यक्रममा सहकारीको सल्लाहकार बुद्धि बा सुनुवार, संचालक समितिका पदाधिकारीहरु, व्यवस्थापक शर्मिला मोक्तान, नगरपालिकाका कर्मचारीहरुको उपस्थिति थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here