काठमाडाैं : गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रिय सभा सांसद पदसँगै मन्त्री पद गुमेको छ।

संसद सचिवालयले आइतवार सूचना निकालेर थापाको पद रिक्त भएको जनाएको हो। यसअघि नेकपा माओवादी केन्द्रले थापालाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद् सचिवालयमा पठाएको थियो।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि थापाले एमालेतिर लागेका थिए। प्रधानमन्त्रीसमेत रहेका केपी ओलीले उनलाई बागमती प्रदेश कमिटीको संयोजक बनाएका थिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here