आज मात्र पदमुक्त भएका गृहमन्त्री रामबहादुर थापा बादलले पुन गृहमन्त्रीको शपथ लिने भएका छन्। आजै साँझ उनले पदभार पुनः ग्रहण गर्ने भएका हुन्।

सर्वोच्च अदालतले दुई कम्युनिष्ट पार्टीबीच (नेकपा एमाले–नेकपा माओवादी) को एकता अवैध फैसला गरिदिएपछि नेकपा माओवादी केन्द्र छाडी पार्टी बादल ओलीतिर अर्थात् एमालेमा लागेका थिए।

माओवादी पार्टीबाट राष्ट्रिय सभा सदस्य बनेका बादलले पार्टी छाडेपाटी उनलाई पार्टीले कारबाही गरेको थियो। तर लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका हुन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बादलको साँझ ५ बजे राष्ट्रपति भवनमा शपथ लिनेछन्।

सांसद नभए पनि ६ महिनासम्म मन्त्री हुन सक्ने संवैधानिक व्यवस्थाअनुसार बादल पुनः गृहमन्त्री बन्न लागेका हुन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here