रौतहटमा शिक्षकसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गरुडा नगरपालिकाको पिपरिया माध्यमिक विद्यालयमा कन्ट्रयाक्ट ट्रेसिङमा उनीहरू संक्रमणबाट उनीहरूमा कोरोना पुष्टि भएको हो।

नगरपालिका–७ पिपरिया गाउँमा रहेको माध्यमिक विद्यालयका एक शिक्षक तीन दिनअघि कोरोना संक्रमित भएपछि उक्त विद्यालयका शिक्षकहरुलाई कन्ट्रयाक्ट ट्रेसिङ गरिएको थियो।

उनीहरुको शनिबार स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। आइतबार पनि ३ जनामा कोरोना पोजेटिभ देखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

शनिबार १५ जनाको परीक्षण गर्दा शिक्षकसहित १० जना कोरोना संक्रमण पाइएको थियो। आइतबारसम्म रौतहटमा २२ जना सक्रिय संक्रमित रहेका प्रजिअ यादवले बताए।

कोरोना संक्रमित भएका शिक्षकहरुले अध्यापन गराउने विद्यालयलाई एक सातासम्म बन्द गर्न निर्देशन दिइएको प्रजिअ यादवले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here