सर्लाही:- भिषण वर्षाले पानीको सतह बढेपछि कोशी ब्यारेजको १२ वटा ढोका खुला गरिएको छ।

अहिले कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए। ‘पानीको बहाव बढिरहेको छ तर खतराको अवस्था छैन। नदी किनार आसपासको क्षेत्रमा हामीले निरन्तर अवलोकन गरिरहेका छौ। अहिलेसम्म कोशीले खतराको तह पार गरेको छैन्,’ ढकालले भने।

सप्तकोशीमा मिसिने एक प्रमुख नदी इन्द्रावतीमा आएको भीषण बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र डुवानमा परेको छ भने ठूलो जनधनको क्षति पुर्‍याएको छ।

पछिल्लो दुईदिनदेखि लगातार भइरहेको वर्षाले कोशीसँगै देशका अधिकांश नदीमा पानीको बहाब बढेको छ भने कतिपय नदीले खतराको विन्दु समेत पार गरिसकेको छन।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here