सर्लाही:- जिल्लाको बरहथवामा पानीमा डुबेर दुई बर्षिय बालकको ज्यान गएको छ।

बरहथवा नगरपालिका-५ बस्ने मुकेश गुप्ताका दुई वर्षीय छोरा ओमको पानीमा डुबेर मृत्यु भएको हो। बालक हिजो (मंगलवार) दिउँसो खेल्दै जाने क्रममा आफ्नै घरको रहेको फोहोर पानी जम्ने खाल्डोमा डुबेर अचेत भएका थिए। उनलाई तत्कालै उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।

मृतकको शव जिल्ला अस्पताल मलगंवामा पोष्टमार्टम पश्चात आफन्तले बुझेका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here