काठमाडाैं : सरकारले नेपाली कामदार धेरै भएका देशमा हवाई उडान सुरु गर्ने भएको छ। कोरोना व्यवस्थापन निर्देशक समितिले नेपाली कामदार धेरै भएका देशहरूमा फेरि हवाई उडान सुरू गर्ने निर्णय गरेको हो।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेपाली कामदार धेरै संख्यामा रहेका देशहरूमा पुनः हवाई उडान सुरू गर्ने निर्णय गरेको हो।

बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियाजस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको हो।

यी देशहरुबाट सातामा दुई हजार यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने बताइएको छ।

यस्तै सरकारले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ।

कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ। यसअघि फर्किएर आएका कामदार आफैंले तिर्नुपर्ने र पहिले नै होटल बुकिङ गरेको प्रमाण देखाउनुपर्ने व्यवस्था थियो ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here