काठमाडाैं : बिहीबार पनि देशभरका विभिन्न स्थानमा भारी वर्षा हुने जल तथा माैसम पूर्वानुमान महाशाखाले बताएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय रहेकाले देशभर बदली भइरहेको छ। दिउँसो अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने सम्भावना छ।

सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शुक्रबार पनि देशका अधिकांश स्थानमा पानी पर्ने छ। सुदूरपश्चिम प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुनेछ।

शनिबार पनि बदली रहनेछ, भने देशका धेरे स्थानमा पानी पर्नेछ। प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।

मनसुन देशभर सक्रिय रहेकाले तत्काल सुधार नहुने मौसमविदहरुले बताएका छन्। २८ जेठमा भित्रिएको मनसुनका कारण देशभर वर्षा हुँदा डेढ दर्जन बढी जिल्लामा बाढीपहिरोबाट ६ जनाको ज्यान गइसकेको छ। एक सय घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here