सर्लाही:- बाराको विश्रामपुर गाउँपालिकामा शंकास्पद अवस्थामा एक युवकको शव फेला परेको छ।

शव विश्रामपुर- २ बस्ने अन्दाजी २६ वर्षीय भादो बैठाको रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता समेत रहेका डीएसपी मिश्रले युवकको हत्या भएको जस्तो देखिएको बताए । ‘मृतकको शरीरमा निलडाम देखिएको छ, हत्या भएको हो कि भन्ने आशंका छ,।

बरैनिया बजार जाने बाटोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।

उनले भने, ‘शव पोष्टमार्टमका लागि अस्पताल पठाउँछौं, पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको एकिन कारण खुल्छ।’

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here