दाङ : घरायसी विवादकै कारण एक जनाले श्रीमतीको हत्या गरेका छन्।

दाङको घोराही उपमहानगरपालिका वडा नं ३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बन्चरो प्रहार गरी ४६ वर्षीय स्यानाकुमारी चौधरीको हत्या गरेका हुन्।

घरायसी विवादका कारण चौधरीले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घरायसी विवादपछि बुधबार चौधरीले श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरी सख्त घाइते बताएका थिए।

उपचार क्रममा मेडिकल कलेज कोहलपुरमा स्याना कुमारीको बिहीबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए।

बन्चरो प्रहार गर्ने चौधरीलाई प्रहरीले नियन्त्रण लिएर थप अनुसन्धान शुरु गरेको जनाइएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here