सर्लाही : जिल्लाको धनकौल गाउँपालिका-४ गाविस महिनाथपुरको श्री नेवालाल सहनी गए राति मृत अवस्थामा फेला परेका छन्।

उनी धनकौल र हरकठवाको बीचमा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

धनकौल गाउँपालिकाका स्थानीयले देखेर प्रहरीलाई खबर गरे पनि उनको कसरी र किन कसले हत्या गर्यो वा अन्य केही पनि पत्ता लाग्न सकेको छैन। यद्यपि उनको हत्या गरी फालिएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन्।

आज मलंगवाबाट शवलाई एम्बुलेन्समा राखी करिब पाैने ६ बजे साँझ उनको घर लगिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here