लक्ष्मी गुरुङ,सर्लाही:- पुर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्ला वन कार्यालय लालबन्दी अगाडि बिहीवार मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको छ।

पुर्वबाट पश्चिमतिर गईरहेको बा ०२ ०१९ प ४९१६ नम्बरको मोटरसाइकलले जिल्ला वन कार्यालयबाट निस्किदै गरेको ज. १ प. ९८२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा परि वागमती नगरपालिका १ बस्ने दिलमाया रानामगर घाइते भएकी छन् । उनको टाउको,गोडा र हातमा चोट लागेको छ भने मोटरसाइकल चालक सुमन मगर सामान्य घाइते भएका छन्।

मोटरसाइकललाई ठक्कर दिने व्यक्ति कविलासी १० बस्ने ३५ वर्षिय सरोज कुमार यादव प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए।

घाइते भएकी दिलमायालाई लालबन्दीस्थित मोडल अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागी बिहीबार बेलुका नै चन्द्रपुर (रौतहट) रिफर गरिएको प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here