सर्लाही : जङ्गली हात्तीको आक्रमणबाट मोरङको सुनवर्षीमा आज बिहान एक युवकको मृत्यु भएको हो।

सुनवर्षी–८ हरि चन्द्रगढीका २१ वर्षीय मनोहर मियाँको जङ्गली हात्तीको आक्रमणमा परेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

गम्भीर घाइते उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा बिहान उपचारको क्रममा मृत्यु भएको हो। स्थानीयले धपाउन थालेपछि भागेको हात्तीले नजिकै पुगेर फोटो खिच्न खोज्दा मनोहरमाथि आक्रमण गरेको बताइएको छ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले  बिहान ७ बजेतिर हात्ती कुरेलीमा देखा परेपछि धपाउन भेला भएका स्थानीयले होहल्ला गर्न थालेपछि आक्रामक बनेको हात्तीले मनोहरलाई लछारेर घाइते बनाएको थियो।

हात्ती छेउमै आइपुग्दा पनि फोटो खिच्ने धुनमा रहेका उनले पत्तो नपाएको र हात्तीले आक्रमण गरेको थियो ।

भारतमा मानवीय क्षति गरेपछि विराटनगर–१८ बुधनगरको भेडियारी हुँदै हात्ती बिहीबार राति १० बजेतिर नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ। भारतको सोनापुर र फुलगाहामा त्यही हात्तीले बिहीबार चार जनालाई मारेको बुझिएको छ ।

मार्न थालेपछि भारतबाट लेखेट्ने क्रममा भागेर जङ्गली हात्ती नेपाल आइपुगेको जानकारी प्रहरीले दिएको छ। नेपाल छिरेपछि बुधनगरबाट मोरङको जहदा हुँदै पूर्वतर्फ लागेको हात्तीले सुनवर्षीको कुरेलीमा पुगेर मानवीय क्षति गराएको हो।

स्थानीयको सहयोगमा प्रहरीले धपाएपछि हात्ती कुरेलीबाट बक्राहा खोला हुँदै रतुवामाईतिर लागेको छ। भारतमा चार जनालाई मारेर नेपाल छिरेको जङ्गली हात्तीले मोरङमा पनि मान्छे मारेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here