सर्लाही  : सुनको मूल्य नेपाली बजारमा ह्वात्तै घटेको छ। शुक्रबार एक हजार दुई सय रूपैयाँले सुनको मूल्य घटेको हो।

केही दिनयता नेपाली बजारमा लगातार सुनको मूल्य ओरालो लाग्ने क्रममा छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार दुई सय रूपैयाँले घट्दै ९० हजार ८०० रूपैयाँ कायम भएको छ।

बुधबारमात्रै ९३ हजार एक सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार एकै दिन ११ सय रूपैयाँले घट्दै प्रतितोला ९२ हजार रूपैयाँमा कारोवार भएको थियो। शुक्रबार एकै दिन १२ सय रूपैयाँले घट्दै सुनको मूल्य ९० हजार ८०० पुगेको हो।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। तेजाबी सुन प्रतितोला ९० हजार ३०० रूपैयाँ कायम भएको छ।

यस्तै नेपाली बजारमा चाँदीको मूल्यमा पनि घटबढ भइरहेको छ। शुक्रबार महासंघका अनुसार चाँदी प्रतितोला ३५ रूपैयाँले घट्दै एक हजार ३०५ रूपैयाँ कायम भएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here