सर्लाही : १० वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरी तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ३ बस्ने जोगिन्द्र भनिने ओम प्रकाश मुखिया रहेका प्रहरीले बताएको छ।

सो घटनामा संलग्न आरोपीहरुलाई सप्तरी जिल्ला अदालत सप्तररीले ५ असार २०७५ मा जनही १३ वर्ष कैद फैसला सुनाएको थियो।

उनलाई सप्तरी प्रहरीले बुधबार राति उनकै गाउँबाट पक्राउ गरेको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार २०६४ साल असोज ९ गते गाउँकै एक १० वर्षीया बालिका बाख्रा चराउन गएका बेला सामूहिक बलात्कारको सिकार भएकी थिइन्। बलात्कारमा संलग्न रहेका मुखिया घटनाको बेलादेखि फरार रहेका थिए।

पक्राउ परेका मुखियालाई बिहीबार नै सप्तरी जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार कार्यालय सप्तरी पठाएको र अन्य फरार प्रतिवादीलाई खोजतलास गरिरहेको डीएसपी काफ्लेले जानकारी दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here