काठमाडाैं : हिलाम्य सडकमा स्थानीयले धान रोपेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरका स्थानीयले तीन वर्षसम्म सडक नबनाएको भन्दै विरोधस्वरुप सडकमा रोपाइँ गरेका हुन्।

पुरानो हसनपुरदेखि शिवनगर जोड्ने सडक निर्माण गर्न उपमहानगरपालिका तीन वर्षदेखि बेवास्ता गर्दै आएको भन्दै उनीहरुले हिलाम्मे सडकमा धान रोपेका हुन्।

नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष र निर्माण व्यवसायीविरुद्ध स्थानीयले नारावाजीसमेत गरेका छन्। उनीहरुले ‘लाचार स्थानीय सरकार मुर्दावाद’ लगायतका नारा लगाएका थिए ।

झण्डै ३ सय मिटरको उक्त सडक हिलाम्मे बनेको छ। स्थानीयले जनप्रतिनिधिको कमजोरीका कारण सडक अलपत्र परेको आरोप लगाएका छन् ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here