२१ जुन सन् २०२१ को सबैभन्दा लामो दिन हुनेछ। अर्थात घन्टाको हिसावबाट सबैभन्दा बढी घन्टाको दिन आज सोमबार हो।

र, रात सबैभन्दा छोटो हुनेछ।यसलाई अंग्रेजीमा समर सोल्स्टिस पनि भनिन्छ। सोल्स्टिस ल्याटिन शव्द सोल्स्टिमबाट बनेको हो। ल्याटिन शब्द सोलको अर्थ सूर्य हुन्छ। र, सेस्टेयरको अर्थ स्थिर रहनु।

अर्थात् दुबै शब्दलाई मिलाएर सोल्स्टिसको अर्थ हुन्छ कि सूर्य जब आमदिनको भन्दा धेरै समयसम्म देखिन्छ। त्यसलाई समर सोल्स्टिस भनिन्छ।पृथ्वी आफ्नो कक्षमा सूर्यको फन्को लगाउँछ।

र, कक्षमा पृथ्वीको स्थिति अनुसार दिन र रात निर्धारण हुन्छ। सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा रहन्छ। जसकारण सूर्यको किरण कर्क रेखामा सिधी पर्दछ।

अर्थात २१ जुनमा सूर्यको फन्को लगाउने बखत पृथ्वी यस्तो स्थितिमा हुन्छ जहाँ धेरै सयमसम्म सूर्यको प्रकाश पृथ्वीमा पर्छ।

पृथ्वी सूर्यको चारैतिर र भर्टिकल भएर फन्को लगाउँदैन, बरु आफ्नो अक्षांशमा साढे २३ डिग्री झुकेको हुन्छ। यो अवस्थामा सूर्यलाई फन्को लगाउँछ। फन्को लगाउँदा पृथ्वीको उत्तरी र दक्षिण गोलार्द्ध यसको नजिक आउँछ। जुन महिनामा उत्तरी गोलार्द्ध सूर्यको नजिक आउँछ।

हरेक वर्ष २० जुनदेखि २२ को बीचमा यस्तो दिन आउँछ जो समयावधिअनुसार सबैभन्दा लामो दिन हुन्छ। उत्तरी गोलार्द्धमा प्रत्येक देशका लागि यो समय अलग(अलग हुन्छ। विश्वका कयौं देशमा यो दिन १२ घन्टासम्म रहन्छ।

एजेन्सीबाट

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here