सर्लाही : अवैध मदिरासहित धनुषामा प्रहरीले चालकसहित टेम्पो नियन्त्रणमा लिएको छ।

धनुषाधाम नगरपालिका ९ धारापानीबाट मदिरा लोड गरी जनकपुरतर्फ जाँदै गरेको प्रदेश २ ०२ ००१ स १०९७ नम्बरको अटो प्रहरीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार चेकजाँचको क्रममा टेम्पोमा अवैध घरेलु मदिरा भेटिएको थियो। प्रहरीका अनुसार धारापानी बस्ने अटो चालक बलिराम विश्वकर्मा र अवैध मदिरा कारोबारमा संलग्नबिना विश्वकर्मा, निल कुमारी लामा र चिनामायालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले नियन्त्रणमा लिएको अटोबाट करिब ३ सय ५० लिटर अवैध मदिरा रहेको बताइएको छ। पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत धनुषाको हरिहरपुरबाट अवैध घरेलु मदिरा लोड भएको टेम्पो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए।

नियन्त्रणमा लिइएको अटोसहितको मदिरा र संलग्न कारोबारीलाई मदिरा नियन्त्रण ऐनअन्तर्गत आवश्यक अनुसन्धान तथा कार्वाहीका लागि राजस्व अनुसन्धानको कार्यालय पठाउने प्रहरी निरीक्षक सुवेदीले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here