सर्लाही:- मोरङको रंगेली नगरपालिका–७ रंगेली बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मंगलबार बिहान सवा नौ बजे पश्चिमतर्फ जाँदै गरेको ना.४ ख. ३४९३ नम्बरको टिपरले सोही दिशातर्फ जाँद गरेको प्र. १-०२-०४३ प. ८०११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट चालक रतुवामाई-६ सौठा का ४२ वर्षीय तिलकराज खड्काको मृत्यु भएको छ।

ठक्कर दिँदा गम्भीर घाइते भएका खड्काको रंगेली अस्पतालमा पुर्‍याउन साथ मृत्यु भएको हो। टिपर र चालक धनपालथान-६ का ३९ वर्षीय विद्या सागर रायलाई इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा लिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here