सर्लाही:- कालीकोट जिल्ला खाडाचक्र नगरपालिका दाहा मोल्फा घर भई हाल जापानमा बसोबास गर्दै आएका दीपक शाहीले कालिकोटका कोभिड तथा बाढीपीडितलाई पत्रकार महासंघ कालिकोटमार्फत १ लाख बढि सहयोग गरेका छन्।

 

जिल्ला अस्पताल मान्म र स्वास्थ्य चौकी मोल्फाका कोभिड बिरामी र दाहा सेरालगायत बाढीपीडितलाई सयोयोग गर्ने उद्देश्यले १ लाख २ सय ८७ रुपैयाँ राहत संकलन गरी सहयोग गरिएको शाहीले जानकारी दिए।

आफ्नो अध्ययन सकेर जापान एक कम्पनीमा जागिर गर्दै आएका शाही कामसँगै सामाजिक कार्यमा पनि चासो दिँदै आएका छन्। सामाजिक कार्यमा लागिरहेका शाहीको पहलमा जापानमा बसोवास गर्दै आएका नेपाली, मित्रताको संगालो समाजसेवी ग्रुप र कुमामोतो नेपाली समाजबाट राहत संकलन गरेका हुन्। समाजसेवी शाही देशमा मात्र नभइ बिदेशमा आइपर्ने विद्यार्थीलाई समस्यालाई पनि उत्तिकै चासो दिँदै आइरहेका छन्।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले तीव्र रुप लिएको हुनाले कालिकोट जिल्लाका समस्याहरु देखाउँदै शाही सयोग संकलनतिर लागिपरेका हुन्। आफ्नो सानो सहयोगले ठूलो घाउमा मलम लगाउन सकिने भन्दै उनले राहत संकलन गरिएको बताए।

कुमामोतो नेपाली समाजका अध्यक्ष पवन अधिकारीको अध्यक्षतामा बैठक बसी अभियान सञ्चालन गरेको अध्यक्ष अधिकारीले जानकारी दिए।

शाहीले विभिन्न संघ संस्थामा संलग्न हुँदै जापानमा अध्ययनरत विद्यार्थी र नेपालीमा आइपर्ने सानाठुला समस्या समाधान गर्नका लागि एकअर्कासंग हातेमालो गर्दै समस्यालाई संस्थाहरुसम्म पुर्याउने काम गर्दै आएका छन्।

जापानमा रहेका संघसंस्थामा संलग्न भएर देशभित्र र देशबाहिर समाजसेवा गर्ने आफ्नो ठुलो रुचि रहेको उनी बताउँछन्। जापानमा बसोबास गर्दै आएका शाही त्यहाँका विभिन्न कमिटीमा तथा क्षेत्रीय कार्य समितिका सदस्य र कुमामोतो नेपाली समाजका सहसचिव रहेर सामाजिक कार्यमा लागिपरेका छन्।

अभियन्ता शाहीले व्यक्तिगत १० हजार ७ सय ७७ रकम सहयोग गर्दै राहत संकलन गरेका हुन्।

त्यस्तै शाहीलाई साथ साथ दिँदै जापानको एक टेलिकम संस्थामा कार्यरत सन्दिप ठडराई १०,६५८ येन नेपाल घर तानसेन ११ पाल्पा ,जापान अध्ययनरत चिरनजङ शाहीबाट १०,००० येन, नेपाल घर माम्न कालिकोट दिपक श्रेष्टबाट ७,७७७ येन, नेपाल घर जुवालनमुखि नगरपालिका ३ अमराई धादिङ

त्यस्तै,कुक ब्यवसाय गर्दै आएका कला प्रतिभामा त्यति नै चर्चित तिलाराम ढकालबाट ११,१११ येन नेपाल घर नवलपरासि दुम्किबास २, अनिल शाही ५,५५५ येन नेपाल घर कालिकोट घोडेना, दिपकराज चौलागाईं ५,५५५ नेपाल घर लम्की कैलाली , प्रकाश बानिया ५,५५५ नेपाल घर गोर्खा ताप्ले, तेस्तै कृष्ण मैनाली २,२२२येन, देबेन्द्र रायमाझी २,२२२येन, प्रेम कुवार २००० येन, पुस्कर न्यौपाने २००० येन, रोशन बि.के. २,००० येन, बेदराज ठडराइ, १५५५येन, रमेश तामाङ ११११ येन,बिदुर गौउतम ११११ येन,उज्वल भट्टराई १००० येन, युवराज शर्मा ११११ येन , आकाश सुनार १००० येन, हरिचन्द्व उपाध्य १००० येन, सन्त तामाङ ११११ येन ,पवन लामा ११११, बिकास मगर १००० येन, मनिष पौडेल१००० येन, पवन अधिकारी १०००, सुन्दर बास्तोला १०००, कपिल तिमल्सिना १००० येन, दामोदर वोस्ती १००० येन, अभिषेक दाहाल १००० , सुमन लामिछाने १००० येन,आशीष गुरूङ १००० येन, चन्द्र रिजाल १००० र बिनोद बस्नेत १००० येन सहयोग गरेका शाहीले जनाएका छन्।

उक्त संकलित रकम जापानिज येन १ लाख ५ सय ४२ येन, नेपाली रकम रु.१ लाख ५ हजार २ सय ८७ शाहीले कुमामोतो नेपाली समाजमार्फत नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालिकोटको खातामा पठाइएको पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्टले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here