सर्लाही:- सर्लाहीको चन्द्रनगर गाउँपालिका-६, मा आज एक बेवारिसे पुरुषको शव फेला परेको छ।

तराई मुलको जस्तो देखिने अन्दाजी ५०-५५ वर्षका पुरुषको शव फेला परेको हो। चन्द्रनगरस्थित अन्यत्र सरिसकेको पुरानो प्रहरी चौकीको पोष्टभित्र पहिचान खुल्न नसकेको पुरुष मृत भेटिएका ईलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ।

स्थानीयवासीका अनुसार ती पुरुष १५-२० दिनदेखि नाढीमन ताल आसपासको गाउँमा मागेर खाँदै हिँड्ने गरेका बुझिएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाई पहिचान खुलाउने प्रयास भइरहेको केशरगञ्जका प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here