सर्लाही:- ललितपुर, सप्तरी र कपिलवस्तुमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका लामाटारमा गएराती मोटरसाइकल अनियन्त्रित भई पल्टिदा चालक ५० वर्षीय अशोक चौधरी मृत्यु भएको छ। बा. २६ प. ४६७६ नम्बरको मोटरसाईकल गएराति ९ बजे अनियन्त्रित भइ पल्टिएको थियो।

यस्तै सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ६ महुलिपुलमा पनि गएराति मोटरसाइकल अनियन्त्रित भई पल्टिदा चालक नाम थर ठेगाना नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको छ। उनि सवार बा. ४८ प. ४५१७ नम्बरको मोटरसाईकल गएराति पौने १० बजे अनियन्त्रित भई पल्टिएको थियो।

कपिलबस्तुको कपिलबस्तु  नगरपालिका  १ मा साइकलबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६० वर्षिय सोनु कुमाल रहेका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here